तुलसीपुर १५ माघ
सडक दुर्घटना न्यूनिकरण एवं अवैध लागु औषध नियन्त्रण सिधा कारवाहि अभियान, अनुशिक्षण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीले ट्राफिक नियमको पालना अक्षरस कार्यान्वयन गरेमा धेरै हदसम्म दुर्घटनामा कमी आउने बताएका छन् । तिव्रगति, अस्वस्थ प्रतिस्पर्धा, ट्राफिक नियमको उलंघन जस्ता कार्यले दुर्घटना घट्नुको साटो बढ्दै गएको भन्दै यस तर्फ सबै सचेत हुन आवश्यक रहेको बताएका छन् ।
सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुर र ५ नं प्रदेश प्रहरी कार्यालय तुलसीपुरको संयूक्त आयोजनामा भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले ट्राफिक नियमको पालना, लागु औषध नियन्त्रणका वारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
सामुदायीक प्रहरी सेवा सेवा केन्द्र तुलसीपुरका अध्यक्ष नारायणी रजौरेको अध्यक्षता तथा ५ नं प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनस्याम पाण्डेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै पुडासैनीले ‘सिधा कारवाहि अभियान’ अव गाउँ गाउँ सम्म लैजाने भन्दै यसमा समाजका अगुवाहरुले सहयोग गर्नु पर्ने बताए । उनले उनले नेपालमा दुर्घटनाका कारण बषैनि १८ हजारको मृत्यु हुने भन्दै सडक दुर्घटना न्यूनिकरण एव अवैध लागु औषध नियन्त्रणका लागि सवैले प्रहरीलाई सहयोग गर्नु पर्ने बताए
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डेले सुरक्षीत तथा सव्य समाज निर्माणका लागि सवैको भुमिका महत्वपूर्ण भएको भन्दै स्थानीय निकायले पनि यस विषयमा बहस चलाउने बताए । प्रदेश नं ५ अन्र्तगत विभिन्न जिल्लाका प्रहरी प्रमुख र ट्राफिक र सरोकारवालाहरुको सहभागीता कार्यक्रममा रहेको थियो । कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, तुलसीपुर उद्योगवाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजाल,इलाका प्रशासन कार्यालयका प्रमुख धनबहादुर केसी, यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख यम वुढा, नयाँ पाइला पुनस्थापना केन्द्रका सरेश भुसाल, सहारा पुनस्पना केन्द्र नेपालगञ्जका अभिराज क्षेत्री, लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुले सुझाव राखेका थिए । कार्यक्रमको सहजिकरण सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरका सचिव तथा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।