यातायात महासंघको महासचिवमा हमालले उम्मेदवारी दिने

तुलसीपुर, १५ माघ ।
राप्ती अन्चल सार्बजनिक यातायात समितिका अध्यक्ष शुरेस हमाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यहि माघ १७, १८ र १९ गते चितवनमा हुन लागेको नेपाल यातायात व्यवसायि राष्ट्रिय महासङको पाँचौ महाधिवेशनमा लोकतान्त्रीक प्यानलका योगेन्द्र कर्माचार्यको टिमबाट महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

यातायात ब्यबसायिहरु माझ निकै लोकप्रिय हमाल यस अघि महासंघको केन्द्रीय सदस्य हुदै उपमहासचिवमा अत्याधिक मतले निर्वाचित हुनुभएको थियो । लामो समय देखि यातायात क्षेत्रमा सक्रिय रुपमा लाग्नुभएका युवा ब्यबसायि हमाल मानबअधिकार तथा शान्ति समाज दाङका सभापति ,भाग्य लक्ष्मि फाईनान्स कम्पनीका अध्यक्ष लगायत दर्जनौं सामाजिक सङघ सस्थाहरुमा आबद्ध रहनु भएको छ ।

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार
प्रतिक्रिया