बसको ठक्करबाट तुलसीपुरमा एक जनाको ज्यान गयो

तुलसीपुर १५ माघ
बसले ठक्कर दिदा तुलसीपुरमा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ वनहरी निवासी थमन बहादुर विष्ट रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिएका छन । तुलसीपुरबाट घोराहीका लागि छुटेको रा१ख१२९९नम्बरको बसले घोराही तुलसीपुर सडक–खण्डको हात्तिखौवामा विहान ठक्कर दिदा घाइते विष्टको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । चालक र बस प्रहरीको नियन्त्रणमा छ ।

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार
प्रतिक्रिया