ताला लगायौं भन्दै अखिल क्रान्तिकारीले निकाल्यो विज्ञप्ती

तुलसीपुर १५ माघ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सिटीभिटी द्धारा मान्यता प्राप्त शैक्षिक संस्थाहरुमा ताला बन्दि गरेको छ । विद्यार्थीहरुसंग विभिन्न शिर्षकमा अनुमति विना चर्को शुल्क लिएको भन्दै ताला बन्दि गरिएको अखिल क्रान्तिकारीका जिल्ला सचिव अमर खड्काले जानकारी दिए । २० हजार देखि ५० हजार रुपैयाँ सम्म लिनुपर्नेमा ७० हजार देखि एक लाख रुपैयाँ सम्म विद्यार्थीबाट असुले भन्दै तुलसीपुरमा खुलेका शान्ति दिप, दिप शान्ति, मिड वेष्ट, राप्ती युनाईटेड लगाएतका शैक्षिक संस्थाहरुमा ताला बन्दि गरिएको संगठनले जनाएको छ । क्रान्तिकारीले विद्यार्थीलाई उचित क्षेतिपूर्तिको माग गर्दै उनिहरुको व्यवस्थापन गर्न माग गरेको छ । यदि माग पुरा नभए सम्म ताला नखोलिने संगठनले जनाएको छ ।  यता इलाका प्रहरी कार्यालय तुलसीपुरले विद्यार्थीको विषय भएकाले यस विषयमा कुनै चासो नदिएको बताएको छ । ‘यो विद्यार्थी र कलेज विचको समस्या हो, – प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने –‘सिडियोसावलाई जानकारी गराएका छौ ।’

 

 

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार
प्रतिक्रिया