चार सुत्रिय कसि बोर्ड हस्तान्तरण

 

तुलसीपुर, १५ माघ ।
रोटरी क्लब अफ तुलसीपुर सिटीले जीवनपयोगी नारा समेटिएको चार सुत्रिय कसि बोर्ड हस्तान्तरण कार्यक्रम गरेको छ । रोटरी इमेज अन्तर्गत क्लबले तुलसीपुरमा रहेको राप्तो बबई बहुमुखी क्याम्पसमा उक्त वोर्ड हस्तान्तरण गरेको हो । रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठ र पूर्व अध्यक्ष बिजय केसीले क्याम्पस प्रमुख लक्ष्मण रेग्मीलाई वोर्ड हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्याम्पस प्रमुख रेग्मीले किताबी ज्ञान मात्र नभएर बाह् ज्ञान अहिलेको विद्यार्थीलाई आवश्यक रहेकोले रोटरी चार सुत्रिय कसीलाई गहिरिएर मनन गर्नुपर्ने बताउनु भयो साथै रोटरीले समाजको बिकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै क्याम्पस परिसरमै आएर विद्यार्थीहरुको बिचमा यस्तो कार्यक्रम हुनु खुशीको कुरा भएको बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि क्लबका पूर्व अध्यक्ष बिजय केसीले रोटरीले विश्वमै शिक्षा, स्वास्थ्य, बातावरण, खानेपानी, विश्व शान्ती र द्वन्द निवारण तथा समुदायको आर्थिक बिकासका लागि सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउनु भयो । कार्यक्रममा क्लबका अध्यक्ष तुफानबाबु श्रेष्ठले सफलता प्राप्तीका लागि कुनै कुरा सोच्दा, भन्दा वा गर्दा चार सुत्रिय कसिलाई जाचेर गरियो भने त्यो फलदायी सिद्ध हुने बताउनु भयो । उहाँले आफुले गर्ने कामबाट कसैमाथि अन्याय हुन नहुने भन्दै सबैको हित हुने काम मात्रै गर्नुपर्ने बताउनुभयो साथै आफ्नो लागि भन्दा पहिला अरुको लागि सोच्न सक्नु नै साचो अर्थमा समाज सेवा भएको उहाँको धारणा थियो । कार्यक्रममा क्लबका कोषाध्यक्ष बिनिल केसी, सहायक क्याम्पस प्रमुख गणेश पार्धे, लायन्स क्लब अफ दाङका पूर्व अध्यक्ष टेकन प्रसाद कडेल, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका प्रस्तावित अध्यक्ष नबिन राई लगायतले बिचार राख्नु भएको थियो । कार्यक्रमको सन्चालन क्लबका महासचिब सन्दिपन रिजालले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार
प्रतिक्रिया