अश्वारा खानेपानीको १२ औं साधारण माघ १९ मा

तुलसीपुर, १४ माघ

अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १२ औं साधारण माघ १९ गते हुने भएको छ । आइतबार बसेको कार्यसमिति बैठकले खानेपानीको नव निर्मित भवनको उद्घाटन र साधारण सभा संयुक्त रुपमा गर्न लागेको कार्यालय सचिव गंगाराम बस्नेतले जानकारी दिनुभयो । साधारणसभामा समितिले हाल सम्म गरेका गतिविधि र आगामी बर्षका लागि खानेपानीको भौतिक संरचना निर्माण लागएत विभिन्न शिर्षकमा एक डेढ करोड बढिको कार्य योजनाको प्रस्ताव साधारण सभामा लग्ने तयारी गरेको छ । त्यसैगरी विधान मस्यौदा समितिले विधान संशोधनका लागि प्रस्ताव लग्ने तयारी पनि गरेको छ ।
बैठकले साधारण सभालाई सफल पार्न जुद्धबहादुर खत्रीको संयोजकत्वमा व्यवस्थापन उपसमिति, मीना डाँगीको संयोजकत्वमा अथिति सत्कार उपसमिति, टोपबहादुर रोकाको संयोजकत्वमा आर्थिक उपसमिति र लालबहादुर विकको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरीएको छ । बैठक अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष तिलक बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २०७४ माघ १४ गते आइतवार
प्रतिक्रिया