तुलसीपुर,१३ माघ ।
जिपले मोटसाईकललाई ठक्कर दिदा दाङमा एक जना घाईते भएका छन । घाईते हुनेमा तुलसीपुर १० बन्गैं निवासि सन्दीप बस्नेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर बाट सुकौरा जादै गरेको रा १ ज १८४ नम्बरको जिपले रा४ प १८९७ नम्बरको मोटरसाइकललाई बन्गैमा ठक्कर दिदा मोटरसाईकल चालक बस्नेत घाईते भएका हुन ।
उनलाई खुट्टामा चोट लागेको र कोहलपुरमा उपचार भैरहेको डिएसपी प्रकाश सापकोटाले बताए । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार