राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा मृत फेला

काठमाडौं,२५ फागुन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा मृत अवस्थामा भेटिएको छ । हिजो बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले अमलाटारी सेक्टर अन्तर्गत शेरी पोस्ट नजिक कोर क्षेत्रमा अन्दाजी २० वर्षको एक सिङ्गे गैँडा मरेको अवस्थामा भेटेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आपसमा जुधेर गैँडा मरेको अनुमान छ । यो सँगै चालु आर्थिक वर्ष २०७९ / ८० मा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज मध्यवर्ती क्षेत्रमा मर्ने गैँडाको सङ्ख्या १३ पुगेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया