रोल्पामा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु, ७ जना गम्भिर घाइते

चेतन वली । तुलसीपुर, २५ फागुन । रोल्पामा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन । मृत्यु हुनेमा सल्यानको कुमाक गाउँपालिका ६ निवासी ३२ वर्षीय टोप लाल विक रहेको प्रहरीले जनाएको छ । उहाको उपचारकै क्रममा गयराती मृत्यु भएको हो । यस्तै दुर्घटनामा परी घाइते हुनेमा सल्यानको दार्मा गाउँपालिका ४ निवासी ५४ वर्षीय विरवल विक, बागचौर ३ निवासी २६ वर्षीय खुमराज विक, कुमाक गाउँपालिका ६ निवासी ४० वर्षीय दन्द बिर वलि, सोही ठाउ निवासी ३० वर्षीय रमेश बोहोरा, ३० वर्षकै हेमराज बोहोरा, २० वर्षीय अर्जुन बोहोरा र १८ वर्षीय अर्जुन बुढाथोकि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रोल्पाको दहबनबाट रोडमा काम गर्ने मजदुर लिएर भाङ्गोबारी तर्फ जादै गरेको रा १ त १७२५ नम्बरको ट्याक्टर त्रिवेणी गाउँपालिका २ शहिद मार्गमा अनियन्त्रीत भएर सडकबाट खस्दा दुर्घटना भएको हो । घाइतेहरु मध्य ६ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको र एक जनालाइ थप उपचारका लागी कोहलपुर रिफर गरीएको प्रहरीले जनाएको छ । अन्य ५ जनाको अवस्था पनी गम्भिर रहेको प्रहरीको भनाई छ । ट्रयाक्टर चालक दाङको घोराही उपमहानगरपालिका ३ झिङ्नी निवासी २९ वर्षीय नविन चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया