तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

तुलसीपुर, २४ फागुन । दाङको तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७९ आजदेखी सुरु भएको छ । नेपाल मानव धर्म सेवा समितिकोे आयोजनामा आज तुलसीपुर बजार परीक्रमा गरेर मानव धर्म सेवा समितिकोे प्राङगनमा गएर ज्ञानमहायज्ञ कार्यक्रमको उद्घाटन गरीएको हो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै तुलसीपुरका प्रतिष्ठीत व्यवसायी तथा तुलसी गौशालाका अध्यक्ष विर बहादुर भण्डारी मोहन ले धर्म विनाको मानिसको औचित्य नै नहुने बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका भण्डारीले समाजमा अहिले प्रायजसो मान्छेहरुमा मानविय गुण हराउदै गएको बताउदै यो कार्यक्रमले मान्छेको विचारलाई परीवर्तन गरेर सहि दिशा तर्फ मार्गदर्शन गर्न अत्यन्तै महत्वपुर्ण भुमिका खेल्ने उहाको भनाई रहेको छ । साथै उहाले मानव धर्म सेवा समितिलाई नगत १ लाख भन्दा वढी सहयोग समेत गर्नुभएको छ ।

यसैबिच अन्य विभीन्न सहयोगी भावना भएकाहरुलाई सक्दो सहयोग गर्न पनी आयोजकले आग्रह गरेको छ । मानव धर्म सेवा समितिको व्यवस्थीत र सुविधा सम्पन्न भवन निर्माण उदेश्यका साथ आजबाट सुरु भएको महायज्ञ सप्ताह एक हप्ता अर्थात यही फागुन ३० गते सम्म चल्ने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्ष्यतामा भएको उदघाटन कार्यक्रमको सञ्चालन सागर कटुवालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार
प्रतिक्रिया