श्रीमान् श्रीमतीे झगडा गरिरहेको ठाउँमा गएर सम्झाउन खोज्दा कुटपिटबाट एक जनाको मृत्यु

दैलेख, २३ फागुन । दैलेखको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । छिमेकका श्रीमान् श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन गएका ५३ वर्षीय गगनबहादुर विकको कुटपिटबाट ज्यान गएको हो । कुटपिटबाट घाइते भएका विकको दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले टाउको, छाती र ढाडमा चोट लागेर अत्यधिक रगत बगेको कारण विकको ज्यान गएको बताउनुभएको छ । कुटपिटमा संलग्न छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढा लगायतको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको लम्सालले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २३ गते मङ्गलवार
प्रतिक्रिया