धार्मिक ज्ञान विज्ञान महायज्ञको समापन

श्रीगाउँ २१ फागुन दंगिशरण गाउँपालिका वडा नम्बर ७ श्रीगाउँ स्थित श्री सिद्ध भगवन्तनाथ मन्दिरको सर्बाङ्गिण विकासका लागि फागुन १४ गते देखि सञ्चालित धार्मिक ज्ञान विज्ञान महायज्ञको आइतबार एक कार्यक्रमका बिच समापन गरिएको छ। मुल आयोजक समितिका संयोजक धर्म नाथ योगीको सभापतित्व तथा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिको प्रमुख आतिथ्यता र प्रमुख कथा बाचक अच्युत शरण महाराज धितालको विशिष्ट आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष  गिरिले पर्यटकीय क्षेत्रको रूपमा रहेको यश सिद्ध भगवन्तनाथ  मन्दिरको प्रवेश द्वार निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष रोशन जंग शाहले पनि आफ्नो वडाले ऐतिहासिक मन्दिरको लागि सक्दो सहयोग गर्ने बताउनु भएको छ। महायज्ञमा १५ लाख बढी आर्थिक संकलन भएको मुल आयोजक समितिका संयोजक धर्म नाथ योगीले जनाउनु भएको छ। मन्दिर व्यवस्थापन समितिको छिट्टै बैठक बसि काम लाई तीव्रता दिइने समितिका अध्यक्ष गोपाल नाथ योगीले जनाउनु भएको छ भने कार्यक्रममा स्वागत मन्तव्य विष्णा गौतमले गर्नु भएको थियो।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया