आज सुन–चाँदीको भाउ बढ्यो

काठमाण्डौ,२१ फागुन । आज सुन– चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ। यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया