छुवाछुत गर्नेलाई मान्छे मारेको भन्दा बढि सजाय हुनुपर्छ : सांसद न्यौपाने

तुलसीपुर, २० फागुन । लुम्बिनी प्रदेश सभाका सांसद प्रचन्ड बिक्रम न्यौपानेले समाजमा छुवाछुत गर्ने जो कोहिलाई पनी मान्छे मारेको भन्दा पनी बढि सजाय हुनुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय दलित पत्रकार संघ नेपाल, दाङ शाखाको १२औँ स्थापना दिवसको अवसरमा सुभकामना मन्तव्य राख्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले आफैले बनाएको जातिय व्यवस्थालाई आफैले निर्मुल पार्नु पर्ने बताउनुभएको छ ।

साथै समाजमा रहेका यस्ता कुरितीलाई दलित पत्रकारहरुले बाहिर ल्याउन विषेश जोड दिनुपर्ने उहाको भनाई रहेको थियो । लोकतन्त्रको मुल आधार, समान सहभागिता र बिभेदमुक्त समाज, अभिव्यक्ति स्वतन्त्रा र मर्यादित पत्रकारीताको हाम्रो आवाज भन्ने मुल नाराका साथ तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा आज स्थापना दिवस मनाइएको हो । सोहि कार्यक्रममा पत्रकारीताको माध्यमबाट समुन्त समाज निर्माणमा भुमिका खेलेका बिभिन्न पत्रकारहरुलाई प्रमाण पत्र र पुरस्कारका साथ सम्मान गरीएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष वसन्त परियारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दलित पत्रकार संघ नेपाल दाङ शाखाका सचिव अर्जुन परियारले गर्नभएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया