कपुरकोटमा १५ शैयाकाे अस्पताल सञ्चालन गर्न स्थानीयको माग 

 तुलसीपुर २० फागुन ।  सल्यानको कपुरकोट गाउँपालिकाका स्थानीयले १५ शैयाको अस्पताल सञ्चालनका लागि माग गरेका छन् । गाउँपालिकाको आयोजना तथा रेडियो कपुरकोटको व्यवस्थापनमा भएको अर्धवार्षिक सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीयले तत्कालका लागि एमबिबिएस डाक्टर र अस्पताल सञ्चालनका लागि तत्काल प्रकृया अघि बढाउन माग गरेका हुन् । सामान्य उपचार र चेकजाँचका  लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताका  कारण गरिब तथा विपन्न वर्गका लागि स्वास्थ्य उपचार निकै महँगो भएकाले घर पायकमा नै अस्पतालको व्यवस्था गर्न उनीहरूले जोड दिएका हुन् । सो अवसरमा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने जग्गा नहुँदा र  डिपिआर समेत स्वीकृत नहुँदा समस्या देखिएको बताउँदै त्यसका लागि प्रदेश र सङ्घमा पुगेर पहलकदमी गरिरहेको बताउनु भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा कृषि, पशुपक्षी, शिक्षा तथा खेलकुद, भौतिक पूर्वाधार तथा योजना लगायतका विषयमा दोर्ण केसी, मधुसुदन गिरी, भीमा बुढाथोकी, घनश्याम शर्मा, खडक केसी, कुबेर केसी, यम कुमार बस्नेत, ठगबिर बिक लगायतले खुलेर पश्न राखेका थिए ।  सो अवसरमा न्यायसँग जोडिएका सवालका विषयमा कपुरकोट गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रकाश भण्डारी र कार्यालयको कार्यसम्पादनका विषयमा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले सहभागीले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो । समेत दिनु भएको थियो । रेडियो कपुरकोटका स्टेसन म्यानेजर सन्तोष घर्तीले विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण पत्रकार द्धोय ओपेन्द्र बस्नेत र प्रेमकुमारी मगरले गर्नुभएको थियो । सहभागिता, जवाफ देहिता, पारदर्शिताको विकास गरेर पालिकामा शुसानका बहालीका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया