तुलसीपुर, १९ फागुन । तुलसीपुरमा ७५.१ प्रतिशतले हात्तीपाइले रोग विरुद्धको औषधि खाएका छन् । शुक्रबार औषधि खान छुटेका १२३१ जनाले औषधि खाएका छन् । यो सँगै औषधि सेवन गर्ने संख्या १ लाख ३८ हजार ५१३ जना पुगेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्वाथ्य प्रवद्र्धन शाखाका स्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभयो ।
शाखाले एक लाख ६८ हजारलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको छ । अझै पनि ५ प्रशित जनसंख्याले औषधि खान छुटेकाले आफूले मात्र सेवन गरेर यो रोग निवारण नहुने भएकोले आफू लगायत सबैलाई औषधि सेवनमा सहयोग गर्न समेत केसीले आग्रह गर्नु भएको छ ।।
प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार