तुलसीपुर, १९ फागुन । बाँकेमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई ३ वर्षपछी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १७ निवासी ५९ वर्षीय भगवान पासी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
उनलाई जिल्ला अदालत बाँकेको २०७७ साल कात्तिक २० गतेको फैसलाले १० वर्ष कैद सजाय तोकेको थियो । त्यसपछी फरार रहेका उनलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार