
तुलसीपुर, १९ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको रकमसहित महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा नासु रामकृष्ण पण्डित र श्रीसुभाष भू–सेवा केन्द्र, जलेश्वरका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण रहेको अख्तियारले जनाएको छ ।
अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभएको छ । फागुन १८ गते बिहिबारका दिन श्रीसुभाष भू–सेवा केन्द्र जलेश्वर महोत्तरीबाट उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाले बताउनुभएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार