रुकुममा आफैले सञ्चालन गरेको आरा मेसिनमा परेर एकजनाको मृत्यु

तुलसीपुर, १७ फागुन । रुकुम पूर्वमा आफैले सञ्चालन गरेको आरा मेसिनमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका १२ क्युबाङ निवासी कर्मधन पुन रहेको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले जानकारी दिनुभएको छ ।

उहाका अनुसार मंगलबार राती करिब ८ बजेतिर आरा मेसिन अचानक दुर्घटना हुँदा गम्भिर घाईते भएका पुनलाई उपचारका लागि रुकुम पूर्व अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । आरा मेसिन दुर्घटनाको खबर लगत्तै आफू सहित गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा घटनास्थल पुगेर गाउँपालिकाकै गाडिमा अस्पताल लैजाने क्रममा उहाँको मृत्यु भएको अध्यक्ष घर्तीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार
प्रतिक्रिया