
काठमाण्डौ,१७ फागुन । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक अब उपराष्ट्रपतिको चुनावपछि चैत ५ गते बस्ने गरी स्थगित भएको हो । संसद सचिवालयले सूचना निकालेर आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको थियो । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति पदको लागि चुनाव हुँदैछ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार