
चेतन वली । तुलसीपुर, १७ फागुन । दाङमा विकास निर्माणका कार्यमा अत्यन्तै न्युन बजेट खर्च हुने गरेको छ । बहुवर्षिय आयोजनाका लागीे जिम्मा पाएका ठेकेदार कम्पनीले समयमा नै निर्माण कार्य सम्पन्न गर्न नसक्दा सोचे अनुसारको बजेट खर्चहुन नसकेको हो । सडक पुर्वाधार विकास कार्यललय दाङले दिएको तत्याङक अनुसार दाङमा २४३ वटा आयोजना रहेको र जसअन्र्तगत १ अर्ब ६ करोड ४१ लख ५९ हजार रुपैया बजेट परेको छ । तर, चालु आर्थिक बर्षको माघ मसान्त सम्म उक्त बजेटको १९ प्रतिसत अर्थात २० करोड २५ लाख १० हजार ६ सय ६१ रुपैया मात्रै खर्च भएको छ भने भौतिक प्रगती २५ प्रतिशत रहेको पाइएको छ । उहाका अनुसार दाङमा सन्तोषजनक काम हुन नसकेका ९ वटा आयोजना रहेका छन ।
जसमा घोराही मसिना मर्फेस उर्जा मन्दिर स्वर्गद्धारी सडक निर्माणको जिम्मा पाएको स्वच्छन्द वल्र्डवाइड जे.भी काठमाडौले २१ महिनामा काम सक्नुपर्ने सम्झौता भएकोमा २४ महिना हुदा समेत कार्य प्रगती १० प्रतिसत मात्रै रहेको छ । त्यसैगरी दंगीशरणको पोटली मिरौली चखौरा हुदै एकली जोड्ने सडकको जिम्मा पाएको आत्रेय भुसाल बस्नेत जे.भी काठमाडौले २४ महिनामा काम सक्नुपर्ने सम्झौता भएकोमा २४ महिना पुरा हुदा पनी कार्य प्रगती १५ प्रतिसत मात्रै रहेको छ । दोलाही खोलामा बिजौरी देखी उत्तर नयाँगाउ जोड्ने पुलको जिम्मा पाएको जय बुद्ध विराट जे.भी पुरानो वानेश्वर काठमाडौले २९ महिनामा काम सक्नुपर्ने सम्झौता भएकोमा २३ महिना सम्म कार्य प्रगती ३० प्रतिशत, माया खोला पुल निर्माणको ठेक्का पाएको जलजला सिद्धार्थ दर्शन जयमाँ स्वर्गद्धारी जे.भी दाङले २५ महिनामा काम सक्नुपर्नेगरी सम्झौता गरीएकोमा २९ महिना पुरा हुदा समेत कार्य प्रगती ३० प्रतिशत रहेको छ । पातु खोला पुल निर्माणको जिम्मा पाएको हिराचन जलजला स्वर्गद्धारी जे.भीले २८ महिनामा काम सक्नुपर्ने सम्झौता भएकोमा ३५ महिना बिती सक्दा समेत कार्य प्रगती २५ प्रतिशत मात्रै रहेको छ ।
त्यसैगरी गैरागाउँ घनीबगिया सडकमा कटुवा खोला पुल निर्माणको जिम्मा पाएको महादेब खिम्ती अन्जना जलजला जे.भी काठमाडौले साढे १९ महिनामा काम सक्नुपर्ने सम्झौता भएकोमा १८ महिना पुरा हुदा पनी कार्य प्रगती २० प्रतिशत र हापुर खोला पत्रे खोला दोभान पुल निर्माणको ठेक्का पाएको सोही निर्माण कम्पनीले साढे १९ महिनामा काम सक्नुपर्ने सम्झौता भएकोमा ३० महिना बिती सक्दा समेत कार्य प्रगती २० प्रतिशत मात्रै रहेको पाइएको छ । त्यसैगरी श्रीमणी मार्ग अन्तर्गत दाङको हापुरे गंगटे हुदै कोहलपुर जोड्ने सडक निर्माणको जिम्मा लिएको कान्छाराम ब्रिटिश एण्ड अनुभवी जे.भी काठमाडौले साढे २२ महिनामा काम सक्ने गरी सम्झौता भएकोमा २४ महिना हुदा समेत कार्य प्रगती ६० प्रतिशत र दामोदर मार्ग गरगरीया उरहरी सुकौरा हुदै तुलसीपुर जोड्ने सडक निर्माणको जिम्मा पाएको सिनजी बिल्डर्स प्रा.लि. काठमाडौले ३२ महिनामा काम सक्नुपर्ने सम्झौता भएकोमा ३४ महिना हुदा पनी कार्य प्रगती ६० प्रतिशत रहेको छ ।
दाङमा अत्याधिक सङ्ख्यामा न्यन बजेटका दयनिय अवस्थाका आयोजनाहरु कार्यान्वयन गर्नुपरेकाले पनी काम गर्न नसक्दा बजेट खर्च कम हुने गरेको कार्यालय प्रमुख अर्यालले बताउनुभएको छ । उहाका अनुसार २४३ वटा आयोजना मध्य १८५ वटा आयोजना २५ लाख भन्दा कम रकमका रहेका छन । त्यस्तै २५ देखी ५० लाख सम्मका ३३ वटा, ५० देखी १ करोड सम्मका १० वटा, १ करोड देखी ३ करोड सम्मका ११ वटा र ३ करोड भन्दा माथीका आयोजना ४ वटा मात्रै रहेका छन । सडक पुर्वाधार कार्यालय दाङमा ३ वटा इन्जिनियरको दरबन्दी रहेकोमा अहिले एकजना पनी इन्जिनियर कार्यालयमा कार्यरत नभएकाले काम गर्न धेरै असहज हुने गरेको उहाको भनाई रहेको छ । साथै यस आर्थीक वर्षमा बहुवर्षीय आयोजना तर्फ ५० प्रतिशत अर्थात १४ करोड र अन्य सालबसाली आयोजना तर्फ ७५ प्रतिशत अर्थात ६० करोड गरेर न्युनतम जम्मा ७४ करोड अर्थात कुल बजेटको ७२ प्रतिशत रकम खर्च हुने अनुमान गरीएको उहाले जानकारी दिनुभएको छ ।
यस्तै ठेक्का टेन्डर प्रक्रियामा जादा जसले कम रकम हाल्यो उसैलाई निर्माण कार्यको जिम्मा दिने व्यवस्था भएका ठेकेदारहरुले एकदमै कम रकम हालेर ठेक्का पार्ने र त्यसपछी मुल्याङकन गर्दा आफुलाई घाटा हुने महसुस भएपछी काम नगर्ने प्रचलन व्यापक हुन लागेको सडक पुर्वाधार विकास कार्यललय दाङका प्रमुख अर्यालको भनाई रहेको छ । प्रतिस्पर्धा कम भएपछी ठेकेदारले लोबिट गर्ने अवस्थाको अन्त्य गर्न सकिने भन्दै सरकारले एउटा ठेकेदारले ५ वटा भन्दा बडी ठेक्का हाल्न नपाउने व्यवस्था गरेको भएपनी यसले खासै प्रभाव नपारेको उहाले बताउनुभएको छ । एउटा ठेकेदारले अन्यत्र कहा कती ठेक्का हालेको छ भनेर जाच गर्ने त्यस्तो कुनै उपकरण नहुदा यो व्यवस्था प्रभावकारी हुन नसकेको उहाको भनाई रहेको छ ।