तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्छ

 चिराघाट १५ फागुन  । शान्तिनगर गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको दुई दिने किशोर किशोरीका लागि लागू औषध दुर्व्यसनी सामाजिक सञ्जाल प्रयोग सचेतना तथा दुरुपयोग न्यूनीकरण तालिमको सोमबार  एक कार्यक्रमका बिच चिराघाटमा सम्पन्न भएको छ। शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष प्रेमा केसीको अध्यक्षता एवम्  प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको प्रमुख आतिथ्यमामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू नगर्दासम्म तालिम लिएको सार्थकता नहुने बताउनु भएको छ ।

उक्त समापन कार्यक्रममा कार्यपालिका सदस्य रञ्जिता बोहोरा, सहभागीका तर्फ बाट आदर्श मावि काँसीपुरकी छात्रा अस्मिता कँवर र यज्ञ बहादुर खत्री ले बोलेका थिए। शान्तिनगर गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयका तीन दर्जन बढी बालबालिका सहभागिता रहेको तालिमको प्रशिक्षकमा गाउँपालिकाका प्रमुख प्रशासकीय  अधिकृत डिल्ली खड्का , प्रहरी चौकी चिराघाटका इन्चार्ज खड्क बहादुर डाँगी, शान्तिनगर गाउँपालिकाका  रोजगार संयोजक निम राज सापकोटा रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सावित्रा आचार्यले गरेकी थिइन। 

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया