
तुलसीपुर, १४ फागुन । दाङमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी ३ जना घाइते भएका छन । तुलसीपुर १३ वखरीया स्थित उरहरीबाट वगांलपुर तर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रीत भएर पल्टिदा मोटरसाइकल चालक दंगीशरण २ निवासी २२ वर्षीय गोपाल वली र पछाडी सवार तुलसीपुर ११ उरहरी निवासी ५० वर्षीय डण्डविर रिजाल घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
यस्तै शान्तिनगरबाट तुलसीपुर तर्फ आउदै गरेको रा ४ प ८६५९ नम्बरको मोटरसाइकलले भम्के स्कुल नजिकै पैदलयात्रीलाई ठक्कर दिदा एकजना घाइते भएका छन । घाइते हुनेमा सोही ठाँउ निवासी कृष्ण भुषालका छोरा ९ वर्षीय खिमराज भुषाल रहेको प्रहरीले बताएको छ । मोटरसाइकल चालक रुकुम पश्चिमको मुसिकोट ३ निवासी २९ वर्षीय गोकर्ण खड्कालाई नियन्त्रणमा लिएर घाइतेको उपचारमा संलग्न गराएको प्रहरीले जनाएको छ । घाइते सबै जनाको राप्ती प्रादेशिक अस्पाल तुलसीपुरमा उपचार भइरहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।