
काठमाण्डौ,१४ फागुन । निर्वाचन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते हुने उपचुनावको तयारीलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धारामा भोलि सोमवारका लागि बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति चुनाव र चितवन–२ को उपचुनावबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
गएको पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धन बनेको छ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकोमा फागुन २२ गते सरकारबाट बाहिरिए पनि सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन । राष्ट्रपतिको चुनावका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपाले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ ।