हापुरेमा स्वास्थ शिविर ४५ जना लाभान्वित

हापुरे, १४ फागुन । दाङको बबई गाउँपालिकाको हापुरेमा सञ्चालित स्वास्थशिबवरमा ४५ जना लाभान्वित भएका छन्। मातामनकामना पोलिकिल्निक प्रालि हापुरेको आयोजनामा शनिवार सञ्चालन भएको शिविरमा ३३ जना पुरुष र १२ जना महिला गरि ४५ जना बिरामीलाई चेकजाँच तथा ओैसधी बितरण गरिएको मातामनकामना पोलिकिल्निक प्रालि हापुरेका सञ्चालक प्रेम वलीले जानकारी दिनुभयो ।

बिशेषगरी हार्डज्वर्नी, नशा च्यापीएको,नसा थिचिएको,हड्डी खिइएको,हड्डि बढेको, हातखुट्टा झम्झमाउने,हातखुट्टा पोल्ने,प्यरालाइसिस भएका बिरामीहरुलाई हार्डज्वर्नी तथा नशा सम्बन्धि पञ्चकर्म बिज्ञ एमडी आयोर्वेद आयु डा। योगेश प्रसाद बैध्यद्वारा चेकजाँच गरि ओैसधी बितरण गरिएको वलीले बताउनुभयो ।प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार यो कार्यलाई निरन्तर अगाडि बढाउने उहाँको भनाइ रहेको थियो ।

काठमाडौं,नेपालगञ्ज र चितवन सम्म बिशेषज्ञ चिकित्सक खोज्दै जानुपरेको समरण गर्दै शान्तिनगरकी लिलावती खड्काले घरगाउमै चेकजाँच तथा उपचार गर्न पाउँदा खुसी भएको बताउनुभयो। उपचार प्रभावकारी भएमा अन्य साथिहरुलाई पनि खबर गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया