मोटरसाइकल र बस ठोक्किँदा पत्रकार मनोज हितङ्गाको ज्यान गयो

रुपन्देही,१४ फागुन । बुटवलको मिलनचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिनुभयो ।

गएराति बुटवलको मिलनचोकबाट अस्पताललाइन जाँदै गरेको लुम्बिनी ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलनचोक आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ख १२५६ नम्बरको बस बसपार्क नजिकै ठोक्किँदा  ज्यान गएको हो । मनोज हितङ्गाले लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उहाँ पछिल्लो समय एनएनटीभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया