निर्वाचनका लागि आयोगले थप छलफल गर्दै

काठमाण्डौं,११ माघ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको  निर्वाचनका लागि आज थप छलफल गर्दै छ । त्यसको तयारी, आचार संहिताका विषयमा आज आयोगले छलफल गर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले भोलिदेखि आचार संहिता लागु गर्नेछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता ढकालका अनुसार निर्वाचन आचारसंहिता विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता नेपाल सरकार र नेपाल सरकारको मन्त्री,  प्रदेश सरकार र स्थानीय तह,  प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मीलाई लागू हुनेछ ।।

प्रकाशित मिति : २०७४ माघ ११ गते बिहिवार
प्रतिक्रिया