पाँच नम्वर प्रदेशमा ११ जनाको उम्मेद्वारी, ३ महिला निर्विरोध निर्वाचित

 

तुलसीपुर,१० माघ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पाँच नम्वर प्रदेशको उमेद्वार मनोनयन दाङको घोराहीमा सम्पन्न भएको छ । ५ नम्वर प्रदेशमा खुल्ला तर्फ एमालेबाट खिमलाल भट्टराई,काँग्रेसबाट दुर्गाप्रसाद उपाध्याय,चन्द्रबहादुर खड्का र राष्ट्रिय जनमोर्चाबाट रश्मीराज नेपालीले उमेद्वारी दर्ता गराउनुभएको छ । दलित तर्फ एमालेबाट रामलखन हरिजन,काँग्रेसबाट मैकुलाल वाल्मीकिले उमेद्वारी दर्ता गराउनु भएको छ ।

त्यसैगरी अपाङ्ग तर्फ काँग्रेसबाट लुटबहादुर खत्री र माओवादीबाट रामकुमार कुँवरले उमेद्वारी मनोनयन दर्ता गराउनुभएको छ । महिलाबाट भने आवश्यक संख्या ३ जनाको मात्रै उमेद्वारी परेको छ । एमालेबाट कोमल वली,मिना बुढा र काँग्रेसबाट अनिता देवकोटाले मात्रै उमेद्वारी मनोनयन दर्ता गराउनुभएको छ ।

३ जना सदस्यका लागि ३ जनाको मात्र उम्मेदवारी परेकाले दावी बिरोध नभएमा १५ गते उनीहरु निर्विरोध निर्बा्चित हुने छन् । ५ नम्वर प्रदेशमा खुला तर्फ ३ ,महिला ३,दलित १ र अपाङ्ग÷अल्पसंख्यक १ गरी ८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् । ११ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

५ नम्वर प्रदेशमा बाम गठबन्धन,नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा चुनावी मैदानमा छन् । १ सय नौ स्थानीय तहका २ सय १८ प्रमुख÷उपप्रमुख,प्रदेश सभामा प्रत्यक्ष निर्वाचित ५२ र समानुपातिक तर्फका ३५ जना प्रदेश सभाका सदस्य सहित ३ सय ५ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्यका कुनै पनि उमेद्वारले मतदान गर्न पाउने छैनन् ।

प्रकाशित मिति : २०७४ माघ १० गते बुधवार
प्रतिक्रिया