१२ लाख वटा स्मार्ट लाइसेन्स छाप्न ठेक्का

दाङ,१२ फागुन । सरकारले १२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ । समयमै कार्ड आपूर्ति नहुँदा स्मार्ट लाइसेन्स छपाइ प्रभावित हुने भएपछि थप कार्ड आपूर्तिका लागि बुधबार ठेक्का सम्झौता भएको यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सीराम गौतमले बताए ।

जर्मनीको मचल्बर आईडी सर्भिसले १४ लाख ९८ हजार डलर ९करिब १९ करोड ८५ लाख रुपैयाँ० रुपैयाँको ठेक्का पाएको हो । ८ लाख ६१ हजार लाइसेन्स छाप्न बाँकी रहँदा विभागमा अहिले साढे ३ लाख मात्रै बार्ड बाँकी छन् । महानिर्देशक गौतमले थप कार्ड आपूर्तिका लागि स्रोत सुनिश्चितता माग गरिसकेको बताए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया