वडाध्यक्ष रावतले भने : मन्त्रीज्यू बच्चा  पाउनेबेला कन्दा बेड सर्छ !

तुलसीपुर, ११ फागुन ।  ‘मन्त्री ज्यू सुत्केरी हुन आएका महिलाले बच्चा पाउने बेला कन्दा बेड सर्छ । हजुर आएपछि केही त माग्नैपर्छ । एउटा बेड चाहियो हजुर ।’ तुलसीपुर उपमहानगरपालिका –११ का वडा अध्यक्ष मानबहादुर रावतले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीसँग यस्तो माग गर्दा अथिति र सहभागीलाई गललल हाँसे । हात्तीपाइले रोग विरुद्धको अभियानको उद्घाटनका लागि मावि उरहरीमा पुग्नु भएका  स्वास्थ्यमन्त्री पन्थीसंग अध्यक्ष रावतले राखेको मागको तरिका रोचक र हाँसो लाग्दो भएपनि गतिलो बेड नहुँदा   उरहरी स्वास्थ्य चौकीमा आएका  त्यस क्षेत्रका महिलाले भोग्दै आएको वास्तविक पीडा थियो थियो ।

अध्यक्ष रावतले यस्तो माग राखिरहँदा मुसुमुसु हाँसेका  स्वास्थ्यमन्त्री पन्थीले मुन्टो हल्लाएर समर्थन जनाउनु भएको थियो । यसैबीच स्वास्थ्यमन्त्रीले पन्थीले वडा अध्यक्ष रावतलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाएर अभियानको सुरुवात गर्नुभएको थियो । अमर माध्यामिक विद्यालय उरहरीमा आयोजना गरिएको अभियानको उद्घाटन गर्दै मन्त्री पन्थीले कुनैपनि व्यक्ति नछुट्नेगरी अभियानलाई लैजानुपर्ने बताउनुभयो ।। 

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार
प्रतिक्रिया