तुलसीपुरमा ब्राउन सुगर सहित एकजना पक्राउ

तुलसीपुर, ९ फागुन । दाङको तुलसीपुरमा ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर ९ बेलुवाको दाजुभाई चोक बस्ने २३ वर्षीय रुपकराज सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभएको छ । डिएसपी मल्ल सहित सवारी साधन चेकजाचमा खटीएको प्रहरीको टोलीले गएराति पौने दश बजेतिर सार्वजनिकि सवारी चेकजाँचका क्रममा झन्डै पाँच ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरीएको हो ।

तुलसीपुर उपमहानगरपालिका १३ स्थित दमारगाउँमा सवारी चेकजाँचका क्रममा नेपालगंजबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २८७२ नम्बरको माइक्रोको सिटको पछाडि तर्फ लुकाई राखेको अवस्थामा ब्राउन सुृगर फेला परेको प्रहरीले जनाएको छ । ‘एलेक्स’ नामक तालिम प्राप्त कुकुरसहित सवारी चेकजाँचमा खटिएका डिएसपी मल्लले कुकुरको सहयोगमा माइक्रोबसको सिटबाट ६ पोका ब्राउन सुृगर बरामद भएको जानकारी दिनुभएको छ । सुनारले प्रहरी समक्ष उक्त ब्राउन सुगर नेपालगंजबाट भारतीय नागरिक संग किनेर ल्याएको बयान दिएको डिएसपी मल्लको भनाई रहेको छ । पक्राउ परेका ब्यक्तिबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार
प्रतिक्रिया