आज सुन–चाँदीको भाउ स्थिर

काठमाडौं,८ फागुन । आज सुन–चाँदीको मूल्य स्थिर रहेको छ। हिजो प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ सोमबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।हिजो आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया