
सल्यान, ८ फागुन । सल्यानको कपुरकोट गाउँपालिकामा आइतबार देखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुद बिकास समिति कपुरकोटले वडा नम्बर २ को बीरेन्द्र माध्यामिक बिधालयमा प्रतियोगिता सुरु गरेको हो । खेलकुद बिकास समिति कपुरकोटका अध्यक्ष शेर बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले खेल क्षेत्रको लगानी जिवन्त रहने बताउनु भएको छ । खेल क्षेत्रमा अहिले गाउँपालिकाले गरेको लगानी र बनाइएका संरचना खेलाडीका लागि भएको भन्दै संरचनालाई भरपुर सदुपयोग गर्न खेलाडीलाई अनुरोध गर्नु भयो । बीरेन्द्र माध्यामिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अमरचन्द्र रानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमका बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले खेलाडी राष्ट्रको चिनारी भएको बताउनुभएको छ ।
खेल ब्यक्तिको पहिचानसंग मात्र नभएर गाउँपालिकाको पहिचानसंग जोडिएकाले यसमा गाउँपालिकाले लगानी गर्दै आएको र खेलाडीको स्तर बृद्धि र प्रोहत्सानका लागि बिभिन्न कार्यक्रम बनाइने उहाँको भनाइ छ । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार ओलीले खेल बिधार्थीको स्वास्थ्यसंग जोडिएको भन्दै विद्यार्थीलाइ पÞmुर्तिलो बनाउने र सबल स्वास्थ्यका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिता आयोजना ब्यबस्थापक बीरेन्द्र माध्यामिक बिधालयका प्रधानाध्यापक डिल बहादुर नेपालीले सहजिकरण गरेको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य भद्रसिंह बुढा, गाउँपालिका संस्थापक उपाध्यक्ष तिला बुढा मगर,खेलकुद बिकास समिति सल्यानका अध्यक्ष खड् आचार्य,नेपाली कांग्रेसका कुबेर के.सी,नेकपा एमालेका नबराज बुढा,राप्रपाका नारायण शर्मा,पूर्ब वडा अध्यक्ष मिन बहादुर सेन,शिक्षक महासंघका बामदेब अधिकारी र मधुसुदन गिरीले आफ्नो भनाइ राख्नु भएको थियो । फागुन ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ५ माध्यामिक तर्फ छात्र छात्रा गरी ३ वटा बिधामा ३० वटा खेल हुने छ भने सामुदायिक तथा संस्थागत गरी ७ आधारभूत तर्फ १ बिधामा ४ खेल सञ्चालन हुने जीबन ज्योती माध्यामिक बिधालयका प्रधानाध्यापक भुपाल शाहुले जानकारी दिनु भयो ।।