कोमल ओली एमालेबाट राष्ट्रियसभा उम्मेदवार

काठमाडौं, माघ ९ /

नेकपा एमालेले ३ वटा प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवार हुनेको नाम तय गरेको छ । सोमबार राती अबेर सकिएको एमाले स्थायी कमिटीको ९६ औं बैठकले प्रदेश नम्बर ५, ६ र ७ बाट राष्ट्रियसभामा उम्मेदवार हुनेको नाम तय गरेको हो ।

बैठकले राष्ट्रियसभा चुनावमा सिट बाँडफाँट गर्न गठित कार्यदलले नेकपा माओवादी केन्द्रलाई १४ सिट दिने र आफूले २९ सिट पाउने गरी गरेको सहमतिलाई अनुमोदन गर्दै उम्मेदवार तय गरेको सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । बाँकी प्रदेशको उम्मेदवार मंगलबार तय गरिने छ । राष्ट्रियसभाका लागि बुधबार मनोनयनको समय तोकिएको छ ।

एमालेले तय गरेको उम्मेदवारहरु :

प्रदेश नं ५

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

 

प्रकाशित मिति : २०७४ माघ ९ गते मङ्गलवार
प्रतिक्रिया