कालीगण्डकीमा बस खस्दा १७ जना घाइते

काठमाण्डौ, ३ फागुन । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको बस कालिगण्डकी नदीमा खसेको छ । दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेनी–जोमसोम कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका–३ धम्पुमा बिहान ना ७ ख ७४४० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया