राष्ट्रपती भण्डारी दाङको बेल्झुन्डीमा अवतरण

तुलसीपुर, ३ फागुन । सम्माननिय राष्ट्रपती बिध्यादेवी भण्डारी दाङको बेल्झुन्डीमा आइपुग्नुभएको छ । उहाँ बुधबार बिहान ११ बजेर १४ मिनेटमा हेलिकप्टर मार्फत बेल्झुन्डी आउनुभएको हो । अबको केही बेरमा राष्ट्रपति भण्डारीले बेलझुण्डीमा रहेको संस्कृत विश्वविद्यालयमा निर्मित आयुर्वेद शिक्षण भवनको उदघाटन गर्ने तयारी रहेको छ ।

राष्ट्रपति भण्डारी कार्यक्रम स्थल भन्दा १०० मिटर टाढा हेलीकप्टर मार्फत अबतरण हुनुभएको छ  र कार्यक्रम स्थलमा आउने क्रममा हुनुहुन्छ । राष्ट्रपतिको सुरक्षाका लागी सुरक्षा व्यवस्था पनी कडा पारीएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया