रास्वपाको बैठक बस्दै

काठमाडौं,१ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने एक नेताले जानकारी दिए । सम्भवत यही बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउनेछ ।

यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण अदालतले सांसदबाट पदबाट निलम्वित हुने फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार
प्रतिक्रिया