
तुलसीपुर, २९ माघ । दाङको तुलसीपुर ११ स्थित शान्ती आधारभुत विद्यालय नवलपुरमा एक समाजसेवि तथा राजनितिज्ञले अक्षयकोष स्थापना गर्नुभएको छ । सोहि ठाउका देवराज ठाकुरले ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । गरिव तथा जेहेन्दार विद्यार्थिको पठन पाठनमा थोरै भएपनि राहत मिलोस भन्ने हिसावले अक्षयकोषको स्थापना गरेको उहाको भनाई छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका ठाकुरले यस अघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ । शनिबार विद्यालयमा प्रदेशसभा सदस्य धनबहादुर मास्किको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको विशिष्ठ आतिथ्यमा आयोजित अभिभावक भेलामा ठाकुरले अक्षयकोषको घोषणा गर्नुभएको हो । यसैविच अभिभावक भेलाबाट सर्वसम्मत रुपमा कासिराम चौधरीको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति पनी गठन गरिएको छ ।