राष्ट्रियसभा सदस्य निर्वाचन: ५ नम्बर प्रदेशमा ३ सय ५ जना मतदाता

तुलसीपुर,८ माघ ।

प्रदेशसभा सदस्यको सपथ ग्रहणसँगै राष्ट्रियसभा सदस्य निर्वाचन अनुकुलको वातावरण बन्दै गएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदाताको रुपमा रहेका प्रदेशसभा सस्यहरुले पद तथा गोपनियताको सपथ खाएसँगै निर्वाचन अनुकुलको वातारण बन्दै गएको हो । हिजो सातै प्रदेशका सांसदले पद तथा गोपनियताका सपथ खाएका छन् ।

यसैविच राष्टिय सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा मतदाता नामावली प्रकाशन गरीएको छ । प्रदेश नम्बर ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार ३ सय ५ जनाको नामावली प्रकाशन गरीएको हो । १ सय ९ स्थानिय तहका २ सय १८ प्रमुख ,उपप्रमुख र ८७ जना प्रदेश सदस्य गरी ३ सय ५ जना मतदाताको नामावली प्रकाशन गरीएको छ ।

 

प्रकाशित मिति : २०७४ माघ ८ गते सोमवार
प्रतिक्रिया