प्रदेश नम्बर ५ मा ८५ सांसदले लिए सपथ

७ माघ, बुटवल ।

प्रदेश नम्बर ५ का प्रदेश सांसदले शपथ लिएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले रुपन्देही व्यापार संघको सचिवालयमा पदभार ग्रहण गरेलगत्तै आफ्नै कार्यकक्षमा बोल्दै सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उहाले नेपाली जनताको चाहनानुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रुप लिन लागेको अवस्थामा तीनवटै तहको निर्वाचनपछि अब संविधानले दिएका जनताका अधिकारलाई संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताउनु भयो ।

झाले जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई सपथ खुवाउनु भएको थियो । त्यसलगत्तै बलदेवले अन्य प्रदेश सांसदलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । प्रदेश नम्बर ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ सांसद रहेका छन् । सपथमा २ सांसद अनुपस्थित भएका थिए ।

तत्कालका लागि प्रदेशसभा बैठक बुटवल उद्योग वाणिज्य संघको हललाई नै उपयोग गरिने भएको छ । संघको सचिवालयमा नै सभामुख र उपसभामुखको कार्यकक्ष सहित संसद सचिवालय राखिने छ । प्रदेश मन्त्रालय भने श्रम कार्यालयको छ तले भवनमा राखिने जनाइएको छ ।

प्रकाशित मिति : २०७४ माघ ७ गते आइतवार
प्रतिक्रिया