जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

तुलसीपुर ६ माघ
तुलसीपुर उपमहानगरपालिका वडा नं १ ले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडाले एक कार्यक्रमको आयोजना गरेर वडामा रहेका १९ जना जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो कपडा वितरण गरेको हो । कार्यक्रमका प्रमुख अथिति तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै एक÷एक थान वल्याङकेट प्रदान गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले आफुले निर्वाचनमा प्रतिवद्धता गरेका बाचाहरु कार्यान्वयनको प्रकृयामा अघि बढेको भन्दै अवको पाँच बर्षमा तुलसीपुर उपमहानगरपालिकालाई खरको छानोमुक्त वनाउने बताउनुभयो । कार्यक्रमा ८० बर्ष पुगेका ४ जना र ८४ बर्ष पुगेका १५ जनलाई सम्मान र न्यानो कपडा वितरण गरिएको थियो ।
एक नम्बरका वडा अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गौरी नेपाली, तीलकराम हमाल, जेष्ठ नागरिकका अध्यक्ष दुर्गा भुसाल, भिमकान्त भण्डारी, लगाएतले विगतमा समाजिक काममा योगदान पुर्याएका जेष्ठ नागरिकलाई सम्मान गरेर वडाले पंशसनिय काम गरेको बताएका थिए ।

 

 

प्रकाशित मिति : २०७४ माघ ६ गते शनिवार
प्रतिक्रिया