हिरासत तोडेर ६ जना अभियुक्त फरार

धनुषा, १६ माघ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् । राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ ।

डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र अन्य दुई जनासहित ६ जना हिरासतमा रहेका थिए ।
उनीरुको खोजी कार्य तीव्र पारीएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया