राप्ती शान्ती उद्यान हुदै घुसौरी जोड्ने सडकको अनुगमन

आशिष केसी, तुलसीपुर २९ पुस ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ मा निर्माण गर्न लागिएको सडकको आज स्थलगत अवलोकन गरीएको छ । वडाको राप्ती शान्ती उद्यान हुदै घुसौरी जोड्ने सडक निर्माणका लागी अनुगमन गरीएको हो । वडाले यस आर्थिक बर्षमा १२ मिटर सडक कटिङ तथा गा्रभेलको लागी ८ लाख रुपैया छुट्याएको हँुदा सडकलाई कसरी रामो्र बनाउन सकिन्छ भनेर अध्ययन गरेको वडा अध्यक्ष टोप बहादुर के.सी ले बताउनुभयो ।

वडा अध्यक्ष के.सी को नेतृत्वमा गएको टोलीमा श्रीगणेश सामुदायिक वन, धारापानी सामुदायिक वन, राप्ती शान्ती उधान निर्माण समिती लगाएतका पदाधिकारीहरु एवं सदस्यहरुको सहभागिता रहेको थियो । सडक निर्माण भएमा राप्ती शान्ती उधानको पर्यटन प्रबर्दनमा सहयोग पुग्ने अपेक्षा लिइएको अनुगमन टोलीका अध्यक्ष टोप बहादुर के.सी बताउनुभयो ।

फाईल फोटो

प्रकाशित मिति : २०७४ पुष २९ गते शनिवार
प्रतिक्रिया