शुसिल बस्नेत,तुलसीपुर २८ पुस ।
५ बर्षमुनिका १२ सय वालवालीकालाई कु–पोषणबाट बचाँउन जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थकर्मीलाई गाँउ गाँउमा खटाउदैछ । ती स्वास्थ्कर्मीलाई कु–पोषणबाट पीडित वालवालीकाको लक्ष्न र तत्काल गर्नुपर्ने प्रारम्भीक उपचारका बिषयमा प्रशिक्षण समेत दिएको छ । उनीहरुलाई हरेक वार खाना चार जस्ता बिषयमा जानकारी समेत गराईएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ओमप्रकास न्यौपानेले जानकारी दिनुभयो ।
अन्न तथा कन्दमुल,गेडागुडि तथा दालजन्य,सागपात तथा फलफुल र पंशुपक्षिजन्य स्रोत लगायतका बिषयमा समेत प्रशिक्षीत गराइएको उहाले बताउनुभयो । सिघ्र कुपोषण र मध्यम खाले कुपोषणलाई घटाउने लक्ष्य अनुरुप सुहारा कार्यक्रम अन्तर्गत जिल्लाका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कुपोषण सम्बन्धि जानकारी गराई कार्यक्षेत्रमा खटाईने तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य बिभागका प्रतिनिधि बसन्त आचार्यले जानकारी दिनुभयो ।
तालिम सहभागि स्वास्थ्यकर्मी चित्रा बस्नेतको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालीका स्वास्थ्य बिभागका प्रतिनिधि बसन्त आचार्यको प्रमुख आतिथ्यमा तालिमको आज बिहीबार समापन गरिएको थियो ।।