सल्यानमा मोटरसाइकल दुर्घटना हुदा दुइजना घाइते

सल्यान, १४ मंसिर । सल्यानमा मोटरसाइकल दुर्घटना हुदा दुइजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक रुकुमको सिस्ने गाउँपालिका ६ छिप्रीदह निवासी १९ बर्षिया सुदिप मल्ल र मोटरसाइकलमा सवार उहाकै आमा ४० बर्षिया निर्मला मल्ल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

रुकुम बाट दाङको तुलसीपुर तर्फ आउदै गरेको रा ६ प ७४९८ नम्बरको मोटरसाइकल र विपरीत दिशा बाट जादै रा १ च १२४२ नम्बरको डब्बल क्याप आज बुधबार दिउसो साडे १२ बजेतिर शिद्वकुमाख गाउँपालिका १ पटारे नजिकै ठोक्किदा  दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते आमा छोराको श्रीनगरमा रहेको शारदा मेट्रो अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार
प्रतिक्रिया