मतदाताको अपेक्षा – गाँउका सडक छिट्टै पक्की बनुँन्

बसन्त परियार,तुलसीपुर ११ पुस ।

चुनावमा विभिन्न आश्वासन दिने तर चुनाव जितेर गएपछि जनतामाझ देखा नपर्ने नेतादेखि जनताहरु दिक्क छन्। चुनावताक यस्तो गर्छु उस्तो गर्छु भनेर भन्ने तर पछि ती बाचा भुल्ने हुदा जनता निराश छन। तैपनि निर्वाचित जनप्रतिनिधिबाट नागरीकले अपेक्षा गर्न छोडेका छैनन् । निर्वाजित जनप्रतिनिधिहरुले आफ्नो गाँउ ठाँउको विकास गरुन् भनेर अपेक्षा गर्नु स्वभाविक पनि हो।

विगतका दिनमा नेताहरुको ब्यवहारबाट दिक्दारी बनेका जनताहरुले यसपाली पनि धेरै अपेक्षा गरेका छन । अरु केहि चाहिदैन,गाँउमा आएर सन्चो विसन्चो सोधे पुग्छ, दगिंशरण ५ मिरौली निवासि सुनिल न्यौपाने भन्छन्।

तर जनता सामु देखा नपर्ने प्रबृत्तिको अन्त्य गर्न नेतालाई उनको सुझाव छ। यसका साथै थपिएको करले जनता मारमा परेका भन्दै यसलाई कम गर्न सके सहज हुने उनले बताए । सडकमा सवारी चाप बढेकोले पनि गाँउका बाटा धुलाम्मे हुन्छन् छिट्टै कालोपत्रे होस भन्ने उनको चाहना छ । विकासका लागि नेतालाई जिताउछौं तर हाम्रो भोटको कुनै कदर हुदैन, जस्ले गर्दा जनता दिक्क बनेका छन – उनले भने । यस्तै तुलसीपुर १८ विजौरीकि ममता अधिकारीको पनि ।

आफुले भोट हालेर जिताएका नेताहरुले विकास गरुन भन्ने अपेक्षा छ। जनताहरुले भोट हालेर जिताउने तर विकासमा पछि हट्ने नेतालाई अव खवरदारी गर्नुपर्ने उनि बताउछिन्। ‘गाँउका बाटाघाटा रामं्रा होउन् र खानेपानीको सुविधा होस’, अधिकारीले भनिन्। विकास गरेर देखाउने नेताहरुलाई जनताले सधै चुन्ने उनि बताउछिन् । त्यसो त तुलसीपुर ५ का दिपक नेपाली पनि जनताको सेवा सुविधा बारे जनप्रतिनिधिले सोचे राम्रोे हुने बताउछन्। उनि भन्छन, केहि गरुन् भनेर जनताले जिताउछन् तर चुनाव जिते सुविधा र भत्ता मात्रै खान्छन् हामि भने विकास कुरेर बस्छौ ।

विकासका साथ साथै हरेक नागरीकहरुको आर्थिक अवस्था सुधारका कार्यक्रम ल्याउनुपर्ने उनि बताउछन । तर विकास फिटिक्कै नगर्ने हो भने जनताले अर्को पटक जवाफ सजिलै दिने उनले बताए ।।

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार
प्रतिक्रिया