समानुपातिकतर्फको सिट संख्या सार्वजनिक आज

काठमाण्डौं,७ पुस ।
समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिटसंख्या आज सार्वजनिक हुँदै छ । निर्वाचन आयोगले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्नेलगायतको काम पूरा भएकाले आज नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

प्रदेश नम्बर १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट अलगरुपमा तयार गर्ने काम पूरा गरी आज दिउँसो बस्ने आयोगको बैठकपछि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७४ पुष ७ गते शुक्रवार
प्रतिक्रिया