कांग्रेस दाङद्धारा राजधानी तोक्न आग्रह

तुलसीपुर,५ पुस ।
नेपाली काग्रेस दाङले प्रदेश नं. ५ को राजधानी दाङलाई तोक्न सरकार समक्ष माग गरेको छ । काग्रेस दाङको बैठकले प्रदेश नं. ५ को राजधानीका लागि दाङ उपर्युक्त रहेको भन्दै दाङलाई नै राजधानी तोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

भौगोलिक, हावापानी, भौतिकपुर्बााधार तथा सुरक्षाको दृष्टिकोणले मात्रै नभई यो प्रदेशका सबै जिल्लाहरुको केन्द्रमा दाङ पर्ने भएकाले राजधानीका लागि दाङको बिकल्प खोज्न नहुँने भन्दै सरकारको ध्यानाकर्षण गराईएको काग्रेस दाङका सचिब संकर डाँगीले जानकारी दिनु भएको छ । काग्रेस सभापति कृतिबहादुर खड्काको सभापतित्वमा उक्त बैठक बसेको हो ।

प्रकाशित मिति : २०७४ पुष ५ गते बुधवार
प्रतिक्रिया