प्रत्यक्ष तर्फबाट २३ महिला निर्वाचित

काठमाण्डौं,२८ मंसीर ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जना महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल, पद्माकुमारी अर्याल र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल विजयी हुनुभएको हो । प्रदेशसभातर्फ १७ महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश १, ४ र ५ मा दुईदुई जना, २ र ३ मा पाँचपाच र ७ मा एक महिला निर्वाचित भएका छन् ।

प्रतिनीधि र प्रदेशसभामा कांग्रेसबाट कोही पनि महिला निर्वाचित हुन सकेनन् । प्रदेशतर्फ एमालेबाट ८ र माओवादीबाट ७ तथा राजपाबाट २ महिला प्रत्यक्ष निर्वाचित भएका छन् । प्रतिनीधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फ महिला कम भएपछि अब समानुपातिकबाट धेरै सांसद बन्ने भएका छन् । संसदमा ३३ प्रतिशत महिला भनेपनि दलहरुले प्रत्यक्षतर्फ कम महिलालाई उठाउँदा समानुपातिकबाट धेरै महिला आउने भएका हुन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया