दाङमा समानुपातीक तर्फ कांग्रेस पहिलो

बसन्त परियार,२८ मंसीर ।
मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका समानुपातिक तर्फको मतगणना दाङमा पनि सकिएको छ । दाङमा प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिकमा भने नेपाली कांग्रेस पहिलो भएको छ । प्रदेश सभा तर्फ एक सिट जितेको कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक तर्फ सवैभन्दा बढि ७३ हजार ९ सय ७३ मत प्राप्त गरेको छ । यसै गरी नेकपा एमालेले ७३ हजार ११ मत, नेकपा माओवादी केन्द्रले ४३ हजार १ सय ९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय दाङले बताएको छ ।

यसैगरी राष्टिय जनमोर्चाले ४ हजार ६ सय ८९,विवेकशिल साझा पार्टिले ४ हजार ५ सय ९१,राप्रपाले १ हजार ६ सय ७७,नेकपा मालेले १ हजार ३ सय ८६ ,थरुहटले ८ सय ५१ ,राप्रपा प्रजातान्त्रिकले ६ सय २० ,नँयाशक्ति नेपालको ५ सय ८५ मत आएको निर्वाचन अधिकारी विजय कार्किले बताए। यस्तै संघिय समाजबादि फोरमको ५ सय १६,राष्टिय जनमुक्ति पार्टिको ५ सय १२ मत आएको छ। यस्तै प्रदेश सभा तर्फ पनि नेपाली कांग्रेस अघि नै छ । उस्ले ६९ हजार ६५ मत ल्याउदा एमालेले ६५ हजार १ सय ६७ मत पाएको छ ।

माओबादी केन्द्रले ४४ हजार ८ सय १७,राजमोले ४ हजार ६ सय ३५,विवेकशिल साँझाले ३ हजार २ सय ४३ मत ल्याएको छ। राप्रपाले १ हजार ९ सय ५१,नेकपा मालेले १ हजार ४ सय ६२ ,थरुहटले ७ सय ३१ मत ल्याएको कार्किले जानकारी दिए ।

प्रतिनिधिसभाको समानुपातिक तर्फ २ लाख २९ हजार ४ सय ५२ मत खसेको थियो । जसमा ९.५९ प्रतिशत अर्थात २१ हजार ९ सय ९८ मत बदर भएको छ भने २ लाख ७ हजार ४ सय ५४ मत सदर भएको छ । यस्तै समानुपातिकको प्रदेशतर्फ १४.८५ प्रतिशत अर्थात ३४ हजार ७३ मत बदर भएको कार्यालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७४ मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया